छापा खबर


नेपाल आयल निगममा ईआरपी प्रणाली सुरु

नेपाल आयल निगममा ईआरपी प्रणाली सुरु

नेपालखबर
बैशाख ४, २०७८ शनिबार २:३,

नेपाल आयल निगममा इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली सुरु गरिएको छ।

जुन प्रणालीबाट निगमका सम्पूूर्ण कारोबार तथा कामकारबाही अनलाइनमार्फत हुने खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

एकै ठाउँबाट सबै कारोबारको निरीक्षण तथा अनुुगमन गरी थप प्रभावकारी सेवा प्रवाहका लागि ईआरपी प्रणालीमा काम सुरु गरिएको निगमले जनाएको छ । ईआरपी प्रणाली सुरु गरेपछि पेट्रोलियम पदार्थको कारोबारमा भौतिक उपस्थिति नभई अनलाइनबाटै कारोबार हुनेछ।

पेट्रोलियम पदार्थका व्यवसायीहरूलाई अनलाइनबाट पेट्रोलियम पदार्थको माग र भुक्तानीको सुविधा छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने, ‘एकीकृत कार्यप्रणालीमा जानेगरी सरकारले काम गर्न खोजिरहेको हुँदा निगमले पनि सोहीअनुसार आफ्ना कामहरूलाई व्यवस्थित र अझ प्रभावकारी बनाउन अनलाइन प्रणालीमा काम गर्न सुरु गरेका हौँ।’

ईआरपी प्रणाली शुक्रबारदेखि परीक्षणका रूपमा निगमले सुरु गरेको छ । प्रवक्ता उपाध्यायको भनाइ छ, ‘अनलाइन प्रणालीमा हामी पहिलो पटक काम गर्दै छौँ । आज पनि केही कठिनाइ देखापरे, प्राविधिकहरूले काम गरिरहनुभएको छ । तीन महिना परीक्षण भएकाले जहाँ समस्या आउँछ त्यहाँ समाधान हुन्छ, परीक्षणपछि पूर्ण रूपमा कार्यान्वयन हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .