छापा खबर


निषेधाज्ञाले दिन थाल्यो सकारात्मक परिणाम, नेपालमा कोरोना संक्रमण वृद्धिदर घट्यो

निषेधाज्ञाले दिन थाल्यो सकारात्मक परिणाम, नेपालमा कोरोना संक्रमण वृद्धिदर घट्यो

नेपालखबर
जेठ १, २०७८ शनिबार १:३३,

नेपालमा नयाँ कोरोना सङ्क्रमितको सङ्ख्या केही कम हुन थालेको छ। एकै दिन नौ हजारभन्दा बढी सङ्क्रमित फेला पर्ने गरेकोमा शुक्रबार देशभर आठ हजार ५२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

देशका अधिकांश भागमा लगाइएको निषेधाज्ञा र स्वास्थ्य मापदण्डमा गरिएको कडाइले कोरोना सङ्क्रमण थप वृद्धि नहुने देखिएको खबर आजको गोरखापत्र दैनिकमा सरोज ढुंगेलले लेखेका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २० हजार ९४८ जनाको पीसीआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण भएको थियो । पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ हजार ४६७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५३ जना सङ्क्रमित थपिएका हुन् । यस्तै वितेको २४ घण्टामा थप २०३ जना सङ्क्रमितको मृत्यु भएको छ । अघिल्लो दिन २१४ जना सङ्क्रमितको मृत्यु भएको थियो । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या चार हजार ६६९ पुगेको छ।

अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख सात हजार ३३६ पुगेको छ । मन्त्रालयका अनुसार शुक्रबार देशभरबाट छ हजार १३५ जना सङ्क्रमित निको भएका छन् । योसहित हालसम्म कोरोना निको हुनेको सङ्ख्या तीन लाख २७ हजार ६५३ पुगेको छ । निको हुने दर कूल सङ्क्रमितको ७४ दशमलब ५ प्रतिशत हो।

काठमाडौँ उपत्यकामा थप तीन हजार ३४९ जना कोरोना सङ्क्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा दुई हजार ४५८, भक्तपुरमा ३३५ र ललितपुरमा ५५६ जना गरी थप तीन हजार ३४९ जना थपिएका हुन् । हाल एक हजार ३३४ जना आईसीयू र ३७१ जना सङ्क्रमित भेन्टिलेटरमा उपचार गराइरहेका छन्।

कोरोनाको उपचार हुने काठमाडौँ उपत्यकाका अस्पतालमा २९० जना सङ्क्रमित आईसीयू र भेन्टिलेटरमा रहेको छन् । यस्तै एक हजार ८२५ जना सङ्क्रमित आइसोलेसनमा उपचाररत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .