ad ad

छापा खबर


काठमाडौंमा आजबाट एक हप्ता थपिएको निषेधाज्ञा केही खुकुलो, के के गर्न पाइन्छरु

काठमाडौंमा आजबाट एक हप्ता थपिएको निषेधाज्ञा केही खुकुलो, के के गर्न पाइन्छरु

नेपालखबर
असार १, २०७८ मंगलबार ०:३,

काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि आजदेखि एक हप्ता लम्ब्याइएको छ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको यसअिघि नै बसेको संयुक्त बैठकले गरेको निर्णयअुनसार निषेधाज्ञा असार ७ गते राति १२ बजेसम्मका लागि थप गरिएको हो।

थप भएको निषेधाज्ञा समयमा यसअघि भन्दा केही कुरा सहज बनाइएको छ।

आदेशअनुसार खाद्य पसल खोल्न पाइने समय बढाइएको छ भने पुस्तक र हार्डवेयर पसल पनि तोकिएको समयमा खोल्न पाइनेछ।

खाद्यान्न पसल, डिपार्टमेन्ट स्टोर, फलफूल पसल, पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइनेछ भने हार्डवेयर पसल अपराह्न ४ बजेदेखि खोल्न पाइने आदेशमा उल्लेख छ।

यस्तै होटल, रेस्टुरेन्टले अब ‘टेक अवे’ सेवा सुरु गर्न पाउने भएका छन्। अनलाईनमार्फत अर्डर लिएर बिहान ७ बजेदेखि टेक अवे सेवा दिन पाउने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारीले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .