छापा खबर


महामन्त्रीको दाबेदार हुँ, परिआए सभापति उठ्छुः गगन थापा

महामन्त्रीको दाबेदार हुँ, परिआए सभापति उठ्छुः गगन थापा

नेपालखबर
भदौ १५, २०७६ आइतबार १:१५,

कांग्रेस महामन्त्रीमा युवा नेताद्वय गगन थापा र विश्वप्रकाश अर्माले दाबी गरेका छन्।

महाधिवेशन आउन डेढ -दुई वर्ष बाँकी छँदै कांग्रेसमा नेतृत्वको जोडघटाउ सुरु भएको छ।

आजको नेपाल साप्ताहिकमा प्रकाशित गगन थापाको अन्तर्वाताको सारसंक्षेपः

नेपाली राजनीतिमा कांग्रेसको पुनः आगमन होला?
सामान्य प्रयासमा कांग्रेसको पुनः आगमन सम्भव छैन। नेतृत्व कर्मकाण्डी छ।

विगतमा जे गरिरहेको थियो, त्यही नै गर्ने प्रवृत्ति छ। टालटुल मात्र गर्न खोज्ने सोचले समस्या झनै थापिन्छ।

त्यो सुधार कसरी हुन्छ?
कांग्रेसभित्र एउटा यस्तो महाअभियान चाहिएको छ, जसले सिद्धान्तको पुनर्निर्माण गर्नेछ।

पार्टी संगठनको पुनर्गठन गर्नुपर्नेछ। पार्टी आचरणमा शुद्धता खोज्नुपर्नेछ।

यो सब गर्नका लागि भन्दा तितो होला तर बासी नेतृत्वबाट सम्भव छैन। कांग्रेसको यही नेतृत्वबाट जनतासँग टुटेको सम्बन्ध जोड्न असम्भव छ।

त्यसैले आगामी महाधिवेशनबाट बासी नेतृत्वलाई बाइबाइ गर्नैपर्छ।

अबको महाधिवेशनमा तपाईं, विश्वप्रकाश लगायतका नेताहरु निर्णायक ठाउँमा आउन सक्लान?
विश्वप्रकाश शर्मा मात्र होइन, अरु युवा साथी पनि नेतृत्वमा आउनुपर्छ।

जसले पार्टी र सरकार वा कतै पनि भूमिका पाउन सकेका छैनन्, तिनलाई नेतृत्वमा ल्याउनुपर्छ।

आगामी महाधिवेशनमा तपाईं महामन्त्रीको दाबेदार हो?
हो, म महामन्त्रीको दाबेदार हुँ। उस्तै परिस्थिति निर्माण भयो भने म सभापतिको उम्मेदवार पनि हुन सक्छु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad