सरकारले औपचारिक घोषणा बिनै खसीबोका आयातमा कडाइ गरेपछि दसैंमा मासु महँगो हुने भएको छ।
व्यवसायीहरुका अनुसार दसैंमा खसीको तयारी मासु प्रतिकेजी १५ सयभन्दा माथि पुग्न सक्नेछ।
हाल काठमाडौँ उपत्यकामा दैनिक १ हजार २०० खसी बोकाको माग छ, जसको ४० प्रतिशत अंश भारतीय आयातबाट धानिएको छ ।
केही समय यता सकरकारले भारतबाट आयात हुने खसीबोकामा कडाइ गरिरहेको छ। यो खबर आर्थिक अभियान दैनिकले छापेको छ।
चौपाया खरीद विक्री संघका अनुसार दशैँ तिहारको समयमा उपत्यकामा मात्र करीब ५० हजार खसीबोकाको माग हुन्छ।
उक्त मागलाई धान्न सक्ने गरी स्वदेशमा खसीबोकाको उत्पादन हुन थालेको छैन।
6
Shares

प्रतिक्रिया