छापा खबर


जागिर लगाइदिने बहानामा १५ भन्दा बढी युवतीमाथि बलात्कार र लुटपाट

जागिर लगाइदिने बहानामा १५ भन्दा बढी युवतीमाथि बलात्कार र लुटपाट

नेपालखबर
भदौ १७, २०७६ मंगलबार ०:२६,

भदौ ७ मा सोलुखुम्बुको थुलुङ कोसी गाउँपालिकाकी युवती विष्णु नेपालीको मोबाइलमा नयाँ नम्बरबाट फोन आयो।

‘एनआइसी एसिया बैँकमा जागिर खुलेको छ, तपाईं इच्छुक भए शैक्षिक योग्यताको प्रमाणपत्र र नेपाली नागरिकताको प्रमणपत्र लिएर विराटनगर आउनू’ भनियो।

उनलाई फोन गर्ने व्यक्ति थिए, आफूलाई रोजगार डटकमका प्रमुख सञ्जीब खड्का नाम बताउने सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका २ सीतापुरका सन्तोषकुमार यादव।

सामाजिक सञ्जालमा रोजगारी डटकममा आफू जागिरका लागि इच्छुक रहेको भन्दै विष्णुले मोवाइल नम्बर दिएपछि उनलाई फोन आएको थियो।

उनी बुवा र सुनसरी बराहक्षेत्रकी साथी आशा राईसहित ११ भदौमा विराटगर आइन्। बेलुकीपख सन्तोषसँग भेट भयो।

उनले विष्णु र उनका बुवालाई विराटनगरको ग्यालेक्सी होटलमा राखे। अनी विष्णुकी साथी आशालाई ‘तिमीलाई राजविराजस्थित एनआइसी बैँकको शाखामा आजै हाजिर गराउनुपर्छ,’ भन्दै सफारी गाडीमा हालेर इटहरीतर्फ लगे।

इटहरीबाट सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका २ सीतापुरस्थित एकान्त स्थानमा लगेर उनी आशामाथि जाइलागे।

यो खबर आजको कान्तिपुर दैनिकमा राजविराजबाट अवधेशकुमार झाले लेखेका छन्।

मुख थुनेर उनको साथमा रहेको नगद, मोबाइल र सुनचाँदीका गरगहना गरी दुई लाख रुपैयाँ लुटपाट गरे।

जसोतसो ज्यान जोगाएर आइन् र कन्चनपुरको इलाका प्रहरी कार्यालयलाई सम्पर्क गरिन्।

आशासहित यसअघि परेका विभिन्न जाहेरीका आधारमा प्रहरीले यादवलाई १४ भदौमा मोरङको बुढिगंगा गाउँपालिका–३ स्थित डेराबाट नियन्त्रणमा लिएको छ।

प्रहरी अनुसन्धानबाट उनले जागिरको प्रलोभनमा डेढ दर्जन युवतीलाई बलात्कार र लुटपाट गरेको खुलेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad