छापा खबर


आफू विदेश हुँदा पत्नीले गरिन् आत्महत्या, आउनेबित्तिकै जेल चलान

आफू विदेश हुँदा पत्नीले गरिन् आत्महत्या, आउनेबित्तिकै जेल चलान

नेपालखबर
असोज ३, २०७६ शुक्रबार ०:५८,

चितवन जिल्ला अदालतले आत्महत्या दुरुत्साहनसम्बन्धी एक मुद्दाका अभियुक्तलाई ६ महिना कैद फैसला सुनाएको छ।

जिल्ला न्यायाधीशल अवनी मैनाली भट्टराईको इजलासले बुधबार यस्तो फैसला गरेको हो। घटनाका तीन आरोपितले सफाइ पाएका छन्।

१३ फागुन ०७५ मा खैरहनी नगरपालिका-२ चैनपुरकी विविता बस्नेतले आत्महत्या गरेकी थिइन्।

आत्महत्यापछि मृतक बस्नतकी आमा दुर्गादेवी थापाले ज्वाइँ संयोग गिरी र सासू–ससुरासहित परिवारका तीन सदस्यले छोरीलार्य मर्न बाध्य बनाएको भन्दै जोहेरी दिएकी थिइन्। यो खबर नयाँ पत्रिकामा दीपेन्द्र अधिकारीले लेखेका छन्।

यस्तो थियो घटना
संयोग गिरी र बिबिता बस्नेतको असार ०७५ मा भागी विवाह भएको थियो। छोराले बिहे गरी ल्याएपछि आफूहरूले बुहारीलाई स्वीकार गरी घर भित्र्याएको बुवा गोपाल गिरीले बताए। बिहेपछि भदौमा संयोग रोजगारीका सिलसिलामा दुबई गए। विदेशमा रहेका छोरासँग बुहारीको फोन र भिडियो संवाद हुने गरेको गिरीले बताए।
केही समयपछि उनीहरूबीच झगडा सुरु भयो। विदेशमा रहेका श्रीमान्सँगको झगडाकै कारण बिबिताले गएको १३ फागुनमा घरमै झुन्डिएर ज्यान फालिन्। श्रीमतीको मृत्युपछि संयोग घर आए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad