छापा खबर


स्वस्तिमालाई यौनजन्य दृश्यको डर, निर्मातासँग राखिन् यस्तो सर्त

स्वस्तिमालाई यौनजन्य दृश्यको डर, निर्मातासँग राखिन् यस्तो सर्त

नेपालखबर
असोज ३, २०७६ शुक्रबार १:१,

निर्माता तथा संगीतकर्मी अर्जुन कुमारको चलचित्र ‘चपली हाइट–३’ का लागि पहिले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई प्रस्ताव गरियो।

साम्राज्ञीले चलचित्रको शीर्षकमै आपत्ति जनाइन्।

चपली हाइटका अघिल्ला दुई श्रृंखलामा समावेश गरिएका वयस्क शैलीका कन्टेन्टका कारण साम्राज्ञीले चलचित्रको शीर्षक नै परिवर्तन गरे मात्र अभिनय गर्ने बताइन्।

निर्माता अर्जुनकुमारले साम्राज्ञीको सर्त मानेनन्।

साम्राज्ञीपछि अर्जुनले अभिनेत्री स्वस्तिमा खड्का समक्ष प्रस्ताव राखे। स्वस्तिमाले पनि निर्मातासँग एउटा सर्त राखिन्।

विगत दुई श्रृंखलामा जस्तो तेस्रो श्रृंखलामा यौनजन्य कन्टेन्ट नराख्ने भए मात्र काम गर्ने सर्तमा स्वस्तिमा अभिनयका लागि तयार भइन्।

आजको साप्ताहिकका अनुसार अन्ततः अर्जुनले स्वस्तिमाकै सर्त स्वीकार गरे।

अब चलचित्रमा यौनजन्य विषयबस्तु समावेश हुने छैन।

अघिल्लो साता काठमाडौँमा आयोजित चलचित्रको घोषणा कार्यक्रमममा समेत अभिनेत्री खड्काको आशय त्यस्तै थियो।

उनी भन्दै थिइन्, ‘म चलचित्र साइन गर्नुअघि चलचित्र निर्माण गर्ने टिम र स्क्रिप्ट हेर्छु। यो क्राइम थ्रिलर चलचित्र हो, जसमा यौनजन्य दृश्य तथा विषयबस्तु समावेश छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad