डोल्पामा ड्युटीमा खटिएका प्रहरी हबल्दारले मादक पदार्थ खाएर बालिकालाई बलात्कार प्रयास गरेका छन्।
प्रहरी चौकी त्रिपुराकोटमा कार्यरत प्रहरी हबल्दा दानबहादुर जिसीले ड्युटीमा रहेका बेला स्थानीय १३ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
जिसी पक्राउ परेका छन्। उनलाई बुधबार राति नै हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
बलात्कार गर्न खोज्दा बालिका चिच्याएपछि जिसी भागेका थिए। पछि बालिकाका अभिभावक र गाउँलेहरुले पक्राउ गरेर उनलाई प्रहरीको जिम्मा लगाएका हुन्।

प्रतिक्रिया