पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीको कार्यकालमा भौतिक संरचना निर्माणमा भएको अनियमितताको तथ्य फेला परेको छ।
आर्थिक वर्ष ०७३/०७४ र ०७४/०७५ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षमा रहेका सेनाका विभिन्न इकाइमा भएका निर्माणमा अनियमितता भेटिएको सेनाकै आन्तरिक छानबिनले पुष्टी गरेको खबर आजको नेपाल साप्ताहिकमा मानबहादुर बस्नेतले लेखेका छन्।
झण्डै ७७ करोड रुपैयाँ बराबरको भौतिक संरचना निर्माणका क्रममा अपचलन भएको हो।
३० करोड रुपैयाँ बराबरको भौतिक संरचना बनाएर र नबनेकालाई बनाएको भनेर क्षेत्रीले रकम हिनामिना गरेका हुन्।
पूर्वप्रधानसेनापति क्षेत्रले अकुत सम्पत्ति आर्जन गरेको भन्दै छानविनका लागि संसदीय समितिमा उजुरी दर्ता भएको छ।
3
Shares

प्रतिक्रिया