छापा खबर


उमेर ढल्किँदै गए पनि फुटबल खेलाडी मेसी फुर्तिलै रहनाको रहस्य

उमेर ढल्किँदै गए पनि फुटबल खेलाडी मेसी फुर्तिलै रहनाको रहस्य

नेपालखबर
असोज १२, २०७६ आइतबार २:५८,

बार्सिलोनाका कप्तान लियोनल मेसीले सर्वाधिक छैटौंपटक फिफा वर्ष खेलाडीको अवार्ड जितेर अर्काे एक कीर्तिमान आफ्नो नाममा लेखाएका छन्।

यी अर्जेन्टिनी खेलाडी आफ्नो स्टारडम, अद्भूत क्षमता, सफलता र व्यक्तिगत कीर्तिमानका लागि चिनिन्छन्। फुबटल इतिहासकै महानत खेलाडीमध्ये एक मेसी अहिले ३२ वर्षका भए।

उमेर ढल्किँदै जाँदा खेलाडीको प्रदर्शन खस्किन्छ भन्ने आम बुझाइविपरीत मेसीको खेलमा दिन–प्रतिदिन निखार आउँदै छ। उनले आफ्नो लय र फिटनेसलाई कसरी निरन्तरता दिइरहेका छन् त? उनको फिटनेस रहस्यबारे आजको नयाँ पत्रिकाले जानकारी दिएको छ।

अभ्यास र व्यायाम
मेसीले आफ्ना व्यायाम प्रशिक्षकको रोहवरमा नियमित वर्कआउट प्लान फलो गर्छन्। तर अन्य खेलाडीजस्तो हेभी व्यायाम भने गर्दैनन्। आफ्नो शरीरको गति कसरी बढाउने र खेलमा कसरी जीवन्त रहने भन्नेमा उनी सचेत देखिन्छन्। यसका लागि आफ्नो शरीरको मुभमेन्ट कायम राख्न उनले पिल्लर ब्रिज फ्रन्ट, लन्ज, ह्यामस्टिङ, स्ट्रेच र पिल्लर स्किप्सजस्ता अभ्यान गर्ने गरेका छन्। यसपछि विभिन्न दिशमा कुद्न सक्नेगरी गति तथा फोकस बढाउन लिनियर स्पिङ वर्कआउट गर्छन्।

खाना
मेसी आफ्नो क्षमता कायम राख्न कडा खालको डाइट चार्ट फलो गर्छन्। इटालियन न्यट्रिसियनिस्ट जुलियानो पाँचवटा प्रमुख खानालाई पहिचान गरेका छन्– पानी, ओलिभ तेल, अनाज, ताजा फलफूल र ताजा तरकारी। यी खाद्यान्न मेसीका प्रमुख हिस्सा हुन्। यसबाहेक बदाम र गेडागुडी पनि उनलाई मन पर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad