एकै दिन नेपाल टेलिकमका ३७ हजार फोरजी प्रयोगकर्ता थप भएका छन्।
टेलिकमले बुधबार देशका विभिन्न पाँच दर्जन सहरमा फोरजी विस्तार गरेको थियो।
बिहीबार एक दिनमै सो सङ्ख्या बराबरका ग्राहक फोरजी सेवामा आबद्ध भएका कम्पनीका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए।
यो सङ्ख्या पुराना टूजी र थ्रीजी प्रयोगकर्ता फोरजीमा आबद्ध भएको समेतको हो। यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ।
सङ्ख्यात्मक हिसाबले एकै दिन थप भएका फोरजी ग्राहकमध्ये यो अहिलेसम्मकै उच्च सङ्ख्या हो । तीन वर्ष अगाडि फोरजी सेवा सुरु गरे पनि टेलिकमका अहिलेसम्म आठ लाख मात्र फोरजी ग्राहक थिए।
बुधबार यो सेवा विस्तार भएसँगै फोरजीमा आबद्ध हुने ग्राहकको सङ्ख्या तीव्र रूपमा बढेको प्रबन्ध निर्देशक अधिकारीले बताए।
3
Shares

प्रतिक्रिया