छापा खबर


महराले फिर्ता गरे सुविधा, सरकारी निवास छाड्न डेरा खोज्दै

महराले फिर्ता गरे सुविधा, सरकारी निवास छाड्न डेरा खोज्दै

नेपालखबर
असोज १७, २०७६ शुक्रबार ३:११,

निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारबाट लिँदै आएका सुरक्षा र गाडीको सुविधा फिर्ता गरेका छन्।

महराका सञ्चारविज्ञ डिल्ली मल्लका अनुसार निवर्तमान सभामुखसँग रहेका आर्मी र प्रहरी बिहीबार फिर्ता भएका हुन्।

महराको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षको नेतृत्वमा ११ प्रहरी सुरक्षामा खटिएका थिए।

बलात्कारको आरोपपछि सभामुख पदबाट राजीनामा दिएका महराले प्रयोग गर्ने तीन गाडीमध्ये एउटा फिर्ता गरे। उनलाई संघीय संसद् सचिवालयले उपलब्ध गराएको झन्डावाल गाडी फिर्ता भएको हो।

नेकपा सचिवालय बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाव दिएको थियो।

सभामुखबाट राजीनामा दिएका महराले सरकारी निवास नछाडे पनि आफ्ना सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी भने फिर्ता गरेका हुन्। यो खबर आजको राजधानी दैनिकमा सविन शर्माले लेखेका छन्।

बाहिर डेराको खोजीमा रहेकाले अहिलेसम्म सरकारी निवासमै रहनुपरेको सञ्चारविज्ञ मल्लले बताए। डेरा भेटिनेबित्तिकै बालुवाटारस्थित सरकारी निवासबाट पनि बाहिरिने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad