छापा खबर


महरा प्रकरण : रोशनीको फेसबुक कसले अपडेट गरिरहेको छ?

महरा प्रकरण : रोशनीको फेसबुक कसले अपडेट गरिरहेको छ?

नेपालखबर
असोज १७, २०७६ शुक्रबार ३:४१,

रोशीनले बारम्बार ‘महरा सर निर्दाेष हो’ भनिरहेपछि ‘त्यसो भए तपाईंले उहाँलाई फसाउनुभएको हो त’ भनेर सोधें।

उनले उल्टै प्रतिप्रश्न गरिन्, ‘उहाँ कहाँ फस्नुभएको छ र?’

आजको कान्तिपुरमा बिनु सुवेदी लेख्छिन्– तपाईंकै फेसबुकमै त्यो अपडेट छ भनेर जब मैले रोशनीलाई फेसबुकमै देखाएँ, म आफैं छक्क परें। उनको फेसबुक कुराकानीको दौरान पनि अद्यावधिक गरिँदैथ्यो। 

उनले त्यो घटना भएको दिनदेखि आफूले फेसबुक नै नचलाएको दाबी गरिन्। फेसबुकको पासवर्ड उनका श्रीमानलाई पनि थाहा रहेछ। यसबारे मैले उनका श्रीमान चित्रजंगलाई पनि सोधें। उनको जवाफ थियो, ‘खोइ अपडेट त भइरहेको छ तर कसले चलायो, मलाई थाहा छैन।’

रोशनीमाथि नै ‘ब्याकफायर’ हुने गरी फेसबुकका स्टाटसहरू उनै चित्रजंग या उनीनिकट अरू कसैले अपडेट गरेका त थिएनन्? रहस्यकाे पर्दा खुलिसकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad