लामो समयदेखि उपकुलपतिविहीन त्रिभुवन विश्वविद्यालयमा सो पदका लागि डा. भगवान् कोइरालासहित तीन जनाको नाम सिफारिस भएका छन्।
सरकारी स्रोतका अनुसार त्रिविको उपकुलपतिका लागि डा. भगवान कोइराला, धर्मकान्त बास्कोटा र चन्द्रमणि पौडेलको नाम सिफारिस भएका हुन्। जसमा क्रमशः पहिलो नम्बरमा कोइराला, दोस्रोमा बाँस्कोटा र तेश्रोमा पौडेल परेका छन्।

हाल त्रिविमा निमित्त उपकुलपति रहेकी प्रा.डा. सुधा त्रिपाठीको नाम भने सिफारिसमा परेको छैन।
तत्कालीन उपकुलपति प्रा. डा. तीर्थ खनियाँको कार्यकाल सकिएपछि त्रिवि उपकुलपतिविहीन छ। उनको कार्यकाल सकिनुअघि नै सरकारले नयाँ उपकुलपतिका लागि नाम सिफारिस गर्न सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको नेतृत्वमा समिति गठन गरिएको थियो।
तर समितिले लामो समयसम्म पनि नाम छनोट गर्न नसकेपछि रेक्टर सुधा त्रिपाठीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको हो।

प्रतिक्रिया