छापा खबर


यसकारण कांग्रेसमा प्रभाव जमाउन सफल भए देउवा

यसकारण कांग्रेसमा प्रभाव जमाउन सफल भए देउवा

नेपालखबर
असोज २६, २०७६ आइतबार १:७,

गिरिजाप्रसाद कोइरालाको विश्वासपात्र हुँदै पछि कृष्णप्रसाद भट्टराईसहितका नेताको दरिलो भरोसा पाएपछि कांग्रेसमा देउवाले आफ्नो गुटको जालो बिछ्याए।

आफ्नै बुतामा राजनीतिमा स्थापित उनै देउवाले कोइराला विरासत नै तोडिदिए।

चार पटकसम्म प्रधानमन्त्री हुन पुगे। ०५८ मा कांग्रेस फुटाएदेखियता देउवाले आफ्नो समूहलाई प्रभावशाली रूपमा चलाउँदै आएका छन्। 

आफ्ना समकक्षी र सिनियर नेताहरूको निधन शीर्ष नेता हुनुको फाइदा पनि उनलाई देखिन्छ। देउवाको टिममा रहेका कुनै पनि नेता उनीभन्दा सिनियर नहुनाको फाइदा उनलाई छ। यो विश्लेषण आजको नयाँ पत्रिकामा रमेश सापकोटाले गरेका हुन्।

उपभासभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, नेताहरू गोपालमा श्रेष्ठ, बालकृष्ण खाँडसहितका नेता देउवाभन्दा जुनियर हुन्। यसकारण पनि उनलाई यी नेतामाथि प्रभाव जमाउन सहज भएको बताइन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad