ad ad

अन्य


नेपाल-भारत ऊर्जाक्षेत्रमा सहकार्यसम्बन्धी संयुक्त सञ्चालक समितिको बैठक

नेपाल-भारत ऊर्जाक्षेत्रमा सहकार्यसम्बन्धी संयुक्त सञ्चालक समितिको बैठक

तस्बिर : नेपालखबर


नेपालखबर
पुस २२, २०८० आइतबार १५:२४, काठमाडौँ

नेपाल-भारत ऊर्जाक्षेत्रमा सहकार्यसम्बन्धी संयुक्त सञ्चालक समितिको बैठक सम्पन्न भएको छ।

भारत सरकार ऊर्जा मन्त्रालयका सचिव पंकज अग्रवाल र नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा) गोपाल प्रसाद सिग्देलको सहअध्यक्षतामा ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी संयुक्त संचालक समितिको ११ औँ बैठक चितवनमा सकिएको हो।

बैठक गत शुक्रबार भारत र नेपालबीच दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि बसेको हो।

यसअघि पुस १८ गते भारत सरकार ऊर्जा मन्त्रालयका सहसचिव डा. डी साई बाबा र नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव नवीनराज सिंहको सहअध्यक्षतामा ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी ११ औं संयुक्त कार्यदलको बैठक काठमाडौंमा सम्पन्न भएको थियो। 

यी बैठकहरुमा ऊर्जा व्यापार, जलविद्युत परियोजना र प्रसारण लाइनको कार्यान्वयन, नेपाल र भारतबीचको द्विपक्षीय ऊर्जा क्षेत्र सहकार्य लगायत विषयमा विस्तृत समीक्षा भएको थियो। संयुक्त प्राविधिक टोली (जेटीटी) लगायत विभिन्न द्विपक्षीय समितिमा भएका प्रगतिबारे पनि छलफल भएको थियो।

बैठकमा १३२ केभी र मुनिका प्रसारण लाइनमार्फत हुने अन्तरदेशीय ऊर्जा व्यापारका मोडालिटीलाई स्वीकृत गरिएको छ।

भारतका विदेशमन्त्री र नेपालका परराष्ट्रमन्त्रीले पुस १९ गते तीनवटा नयाँ १३२ केभी प्रसारण लाइनको उद्घाटन गरेका थिए।

जसमा रक्सौल (बिहार, भारत)–परवानीपुर (नेपाल) को दोस्रो सर्किट, कटैया (बिहार, भारत)–कुशाहा (नेपाल) को दोस्रो सर्किट र नयाँ नौतनवा (उत्तर प्रदेश, भारत) –मैनहिया (नेपाल) छन्।

करिब २०० मेगावाट प्रसारण क्षमता थप्ने यी प्रसारण लाइनले भारत र नेपालबीचको समग्र प्रसारण क्षमता १४०० मेगावाट पुर्याउनेछ।

त्यस्तै, नयाँ नौतनवा –मैनहिया प्रसारण लाइन नेपाल र भारतको उत्तर प्रदेशबीचको पहिलो प्रसारण लाइन छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .