ad ad

फोटोफिचर


आज २५६६औँ बुद्धजयन्ती, लुम्बिनीमा विशेष रौनक (फोटोफिचर)


नेपालखबर
जेठ २, २०७९ सोमबार ११:४४, काठमाडौँ

आज २५६६ औँ बुद्ध जयन्ती। काठमाडौं उपत्यकासहित देशभर शान्तिका अग्रदूत गौतम बुद्धको पूजा, आराधना गरेर बुद्धजयन्ती मनाइँदै छ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने गरिन्छ। भगवान विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमलाई विष्णुको अवतारका रुपमा पूजा गरिन्छ। 

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरण स्वरुप आज बुद्ध जयन्ती मनाउने प्रचलन छ । बुद्धको जन्म, ज्ञान प्रप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै दिन परेकोले यस दिनलाई विश्वका बौद्ध धर्मावलम्वीहरुले बुद्धप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरेर बुद्ध जयन्ती मनाउने गर्दछन्। 

ललितपुरस्थित सुरेश्चन्द्र महाविहार समितिका अध्यक्ष तीर्थमुनि शाक्यले शान्तिका प्रतिक गौतम बुद्धको पूजा आरधना गरेर बुद्ध जयन्ती मनाउन लागिएको बताए। उनले नेपालमा मात्र नभइ बुद्ध जयन्ती विश्वभर रहेका बौद्ध धर्मावलम्वीहरुको विशेष भाड भएकोले विश्वभर नै बुद्ध जयन्ती मनाइने गरिएको बताए। 

उनले ललितपुरमा सप्ताहव्यापी रुपमा बुद्ध जयन्ती मनाइएको र आज अन्तिम दिनमा बुद्धको मूर्तिलाई ललितपुरमा नगर परिक्रमा गराइने कार्यक्रम रहेको बताए।

संसारभर बुद्ध जयन्तीको अवसरमा बौद्ध धर्मावलम्बीहरुले विशेष कार्यक्रम आयोजना गरेर बुद्धलाई स्मरण गर्ने गर्दछन् । आज बुद्धको जन्मभूमि लुम्बिनीमा ठूलो मेला लाग्छ। 

लुम्बिनीको मायादेवी मन्दिर परिसरमा भगवान् बुद्धको स्मरणमा शान्ति¥याली निकालिएको छ। बुद्धजयन्तीकै अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आएका छन् भने नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका लागि लुम्बिनीमै छन्। 

तस्बिरमा हेर्नुहोस् लुम्बिनीको रौनक​ 

सबै तस्बिरहरु : रासस, पीएमओ इन्डिया र नरेन्द्र मोदीको ट्विटरबाट 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .