तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ साल बैशाख ११ गते उद्घाटन गरेको धरहरा सर्वसाधारणका लागि अझै खुल्ला गरिएको छैन।
आउँदो माघ महिनादेखि सर्वसाधारणले धरहराबाट सहर नियाल्न पाउने भनिएको छ।
निर्माण पूरा नहुँदै उद्घाटन गरेको भनेर आलोचना समेत भएको धरहराको प्राङ्गणमा निर्माण कार्य अहिले पनि चलिरहेको छ।
२०७२ सालको भूकम्पले ढालेको धरहरा प्रधानमन्त्री हुँदाताका ओलीले ‘मेरो धरहरा, म बनाउँछु’ भन्ने नारा दिएर लगानी जुटाउन कोषसमेत स्थापना गरिएको थियो।
धरहराको कूल लागत तीन अर्ब ४५ करोड रूपैयाँ हो। धरहराले कूल ४२.२ रोपनी क्षेत्रफल ओगटेको छ।
भदौ ४, २०७९, शनिबार
177
Shares
प्रतिक्रिया