फोटोफिचर


सुदूरपश्चिममा माधव नेपाललाई धक्का, केपी ओली उत्साहित (तस्बिरहरु)


नेपालखबर
भदौ १५, २०७९ बुधबार १८:५६, कञ्चनपुर

नेकपा (एकीकृत समाजवादी) पार्टीले सुदूरपश्चिम प्रदेशमा धक्का व्यहोर्नु परेको छ। 

एमाले विभाजनताका माधव नेपाललाई साथ दिएर नयाँ पार्टीमा लागेका केन्द्रीय तहका आधा दर्जन नेताहरु बुधबार पुरानै पार्टीमा फर्किएका छन्। 

कञ्चनपु्रको महेन्द्रनरमा बुधबार भएको कार्यक्रममा एकीकृत समाजवादी सुदूरपश्चिमका निवर्तमान अध्यक्ष विक्रमबहादुर शाही, पूर्वप्रदेशमन्त्री तारालामा तामाङ, निवर्तमान मन्त्री कुलवीर चौधरी, वेदकोट नगरपालिकाका निवर्तमान प्रमुख अशोक चन्दलगायतका नेताहरु एमालेमै फर्किएका हुन्।

उनीहरुसँगै माओवादी केन्द्रका स्थानीय नेता मोहन गिरीसहित केही कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन्। गिरी कञ्चनपुरमा माओवादीमाझ राम्रो प्रभाव पार्ने नेता हुन्।

संसदीय तथा प्रदेशसभा निर्वाचनको मुखमा नेपाल नेतृत्वको समाजवादीले धक्का व्यहोर्नुपरेको छ। पार्टी विभाजनका कारण क्षति व्यहोरेको एमालेले नेताहरु फर्काउन सफल भएपछि उत्साहित देखिएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफैं महेन्द्रनगर पुगेर एक कार्यक्रमबीच उनीहरुलाई पार्टीमा स्वागत गरे। 

गत वर्ष साउनमा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी बनाएका माधव नेपालले माओवादी केन्द्रमा पार्टी विलय गराउने योजना बनाएको भन्दै उनीहरु एमालेमा फर्किएका हुन्।

 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .