ad ad

फोटोफिचर


बुटवलबाट पहाडी जिल्लामा मतदाता ओसार्न भ्याईनभ्याई (तस्बिरहरू)


सुदीप भण्डारी
मंसिर ३, २०७९ शनिबार १५:५५, बुटवल

बुटवलको लुम्बिनी बस टर्मिनलभन्दा पश्चिमतर्फको सडकमा शनिबार बिहान यात्रुवाहक बसहरू लस्करै राखिएका थिए। त्यहाँ केही बसहरु लस्करै राखिएका थिए भने केही यात्रु छुट्दै थिए। 

कतिपय बस यात्रु पर्खिरहेका देखिन्थे।

यहाँ रहेका सबै जसो बसहरु रिजर्भ हुन्। भोलि (आइतबार) हुने निर्वाचनका लागि पहाडी जिल्लामा मतदाता ओसार्न ती बसहरु त्यहाँ राखिएका थिए। 

गुल्मी, अर्घाखाँची, स्यांङजा लगायतका पहाडी जिल्लाबाट आएर अध्ययन, जागिर र व्यवसायको लागि बुटवलमा बसेका मतदाताहरु शुक्रबारदेखिनै धमाधम आफ्नो गृहजिल्लातर्फ गइरहेका छन्। 

कोही आफ्नै साधनमा जिल्ला गएका छन्। कतिपय सार्वजनिक गाडीमा जाने गएका छन्। अधिकांश मतदाता राजनीतिक दलले रिजर्भ गरेको गाडीमा जान्छन्। 

बसपार्क पछाडीको कालिका पथमा एउटा सटरमा नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्चको व्यानर झण्डाइएको छ। सटर अगाडि मतदान गर्न जाने यात्रुहरु जम्मा भएका थिए। त्यहाँ सम्पर्क मञ्चका अगुवाहरुले आएका मतदातालाई गाडीको व्यवस्था गरिरहेका थिए। 

त्यसको सय मिटर जति तल उम्मेद्वारको फोटो सहित संयुक्त लोकतान्त्रिक बाम गठबन्धनको बोड राखिएको सटर थियो। सटर अगाडि बसहरु लस्कर राखिएका थिए। 

कालिकापथमा घरजाने यात्रुहरुको चहलपहल भएपनि पूर्वपट्टीको बसपार्क भने केही सुनसान देखिन्थ्यो। दलको पहुँचमा नरहेकाहरु केहीले आफ्नो जिल्ला जान बस पर्खिरहेका थिए।

बुटवलको बसपार्कबाट टाढाका जिल्लामा जान निकै कम मात्र गाडीहरू छुटेका छन्। भोलीको निर्वाचनलाई मध्येनजर गरेर आज ‘क्यु फ्री’ गरिएको पश्चिम नेपाल बस प्रालीका सञ्चालक सदस्य चेतनारायण बेलबासेले जानकारी दिए।

‘आज क्यु फ्रि गरिएको छ। गाडीहरुलाई स्वच्छाको व्यवस्था गरिएको छ। आफ्नो जान मन लागेको ठाउँमा जान पाउँछन्।’ उनले भने। 

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.सँग २ हजार ४०० जति बस रहेका छन्। नियमित समयमा दैनिक ११ सय बसको क्यु लाग्ने गर्छ।

तर, चुनालाई लक्षित गरि विहिवारदेखी नै बसहरु रिजर्ब लाग्न सुरु गरेका हुन्। ‘क्यु फ्री’ भएकाले आज धेरै गाडी रिजर्भ लागेको बेलबासेले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .