फोटोफिचर


अटेर गरेपछि आफैं होर्डिङ बोर्ड हटाउँदै महानगर (तस्बिरहरू)


सरोज बैजु
मंसिर २५, २०७९ आइतबार १३:४९, काठमाडौँ

काठमाडौं महानगरपालिकाले धमाधम महानगरभित्र व्यवसायिक पहिचानका लागि राखिएका अनधिकृत परिचय पाटी (होर्डिङ बोर्ड) हटाउन थालेको छ। मापदण्ड विपरित र अनुमति नलिई राखिएका परिचय पाटीहरू महानगरपालिकाले धमाधम हटाउन थालेको हो। 

काठमाडौं महानरगरले ३५ दिने सूचना जारी गर्दै अनधिकृत होर्डिङ बोर्डहरू हटाउन भनेको थियो। ३५ दिने म्याद कट्दापनि नहटेका होर्डिङ बोर्डहरू महानगरपालिकाले हटाउन थालेका हुन्।

गत कार्तिक २८ गतेदेखि महानगरपालिकाले होर्डिङ बोर्ड हटाउने काम सुरु गरेको थियो।

३० वर्गफुटसम्म आकारमा राखिएको एउटा मात्र बोर्ड भए नियमित गर्न प्रोत्साहन गरिएको छ। एकभन्दा बढी बोर्ड भए, ३० बर्गफुटभन्दा ठूलो आकारको भए हटाइएको महानगरपालिकाले जनाएको छ। 

यसका लागि परिचालन गरिएका हरेक टोलीमा कम्तीमा १५ जना खटिएका छन्। उनीहरुले भर्‍याङ्, वायर कटर, आइरन कटरलगायतका साधन तथा उपकरण प्रयोग गर्ने गरेका छन्।

हेर्नुस् काठमाडौंको पुतलिसडक क्षेत्रमा महानगर प्रहरीले हटाउँदै गरेका होर्डिङ बोर्डहरूः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .