एघार दिन लामो कष्टप्रद मार्चपास गर्दै मधेश प्रदेशबाट काठमाडौं छिरेका मिटरब्याजीपीडित अहिले आन्दोलनमा छन्।
सोमबार काठमाडौं छिरेका उनीहरु खुलामञ्चमा आन्दोलन गर्न चाहन्थे। तर काठमाडौं महानगरपालिकाले ताला लगाएर उनीहरुलाई खुलामञ्चमा छिर्न दिएन।
उनीहरु सोमबार रातभर खुलामञ्च बाहिरको सडकमै सुतेर रात बिताए। देशमा तीन तहका सरकार छन् तर मिटरब्याजीपीडितले आफूहरुका कुरा कसैले नसुनेको गुनासो गरेका छन्।
मिटरब्याजीपीडितहरुले मंगलबार खुलामञ्चबाहिरबाट उठेर माइतीघर हुँदै बानेश्वरमा पुगी आन्दोलन गरे।
त्यसक्रममा उनीहरुलाई भेट्न नेताहरु पनि पुगे। रवि लामिछानेदेखि ज्ञानेन्द्र शाहीसमेत पुगेर उनीहरुलाई साथ दिए।
मंगलबार दिउँसो एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि उनीहरुलाई भेटेर सान्तवना दिए।
त्यक्रममा मिटरब्याजीपीडितहरुले आँसु झार्दै आफूहरुलाई चाँडो न्याय दिलाउन आग्रह गरिरहे।
केही मिटरब्याजीपीडित आँसु बगाउँदै न्यायको खोजीमा आएको आफूहरुलाई निराश नबनाउन भने।
उनीहरुका कुरा सुनेपछि झलनाथले नयाँ सरकार बनिरहेकाले अब न्याय दिलाएरै छाड्ने बचन उनीहरुलाई दिए।
प्रतिक्रिया