वर्षा र सहकालका देवता सेतो मछिन्द्रनाथ (जनबहा: द्य:)को रथयात्रा बुधबारदेखि सुरु भएको छ।
बुधबार दिउँसो काठमाडौंको तीनधारा पाठशालादेखि रथ तान्न थालिएको हो।
सेतो मछिन्द्रनाथको मन्दिर अवस्थित जनबहालमा विधिपूर्वक पूजा गरेर खटमा राखेपछि रथलाई बाजा बजाउँदै तीनधारा पाठशालासम्म ल्याइएको हो।
तीनधारा पाठशालासामुन्ने तयार गरिएको रथमा सेतो मछिन्द्रनाथ देवतलाई बिराजमान गराएपछि तान्न थालिएको हो। यस पटकको रोचक पक्ष भनेको महिलाले मात्रै पनि रथ तानेका छन्। महिलाबाटै रथ तानेर जात्रा सुरु गरिएको हो।
बुधबार रथ तानेर घण्टाघर, रत्नपार्क, भोटाहिटीदेखि असन लगिँदैछ। उक्त रथलाई महिलाहरूको समूहले तानेर असन पुर्याइसकेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले मछिन्द्रनाथको दर्शन पनि गर्दैछन्। रथ तानिने भएपछि ट्राफिक प्रहरीले सवारी व्यवस्थापनका लागि रुट निर्धारण गरेर केही ठाउँमा निषेध पनि गरेको छ।
प्रतिक्रिया