फोटोफिचर


सौर्य एयरको जहाज दुर्घटना, तस्बिरमा हेर्नुस् दुर्घटनास्थलको पछिल्लो अवस्था


सरोज बैजु
साउन ९, २०८१ बुधबार १३:१८, काठमाडौँ

त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका शवहरू त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लान थालिएको छ। बुधबार बिहान ११:११ बजे दुर्घटनामा परेको जहाज दुर्घटनापछि खोज तथा उद्धारको लागि दमकल, सुरक्षाकर्मीहरु, एम्बुलेन्स खटिएको प्रहरीले जनाएको छ।

काठमाडौँबाट पोखराका लागि उडेको जहाजमा १९ जना सवार थिए। जहाजका क्याप्टेन मनिष शाक्यको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ।

बाँकी १८ जनाको मृत्यु भएको विमानस्थल सुरक्षा प्रमुख डीआईजी रामदत्त जोशीले जानकारी दिएका छन्।

जिवितै उद्धार गरिएका क्याप्टेन शाक्यको आँखमा चोट लागेको र उनी बोल्न सक्ने अवस्थामा रहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिएका छन्।

तस्बिरमा दुर्घटनास्थलको पछिल्लो अवस्था-

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad