सरकारले आज काठमाडौँको बल्खु र वंशीघाटस्थित सुकुमबासी बस्तीमा डोजर चलाएर संचना भत्काएको छ।
बल्खुको नदी किनार क्षेत्र अतिक्रमण गरी बनाइएका सुकुमबासी बस्तीमा शहरी विकास मन्त्रालयले डोजर चलाएर संरचना भत्काएको हो।
काठमाडौँ उपत्यकामा बागमती नदी तथा सहायक नदी किनारमा रहेका बस्ती आजदेखि फेरि भत्काउन सुरु गरिएको हो।
पहिलो चरणमा गतसाता सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्ती हटाएको थियो। दोस्रो चरणमा उपत्यकाका नदी किनार अतिक्रमण गरेर बनाइएका थप बस्ती हटाउन थालिएको हो।
बस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म ५० घर परिवारले दशरथ रङ्गशालामा पुगेर नाम टिपाएका छन्। घर, जग्गा, पैतृक सम्पत्ति नभएका र न्यून आयस्रोत भएको उल्लेख गर्दै उनीहरुले विवरण टिपाएका हुन्।
दशरथ रङ्गशालामा शहरी विकास तथा भवन निर्माण विभाग, काठामाडौँ उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगर प्रहरीको संयुक्त टोलीले उनीहरुको विवरण संकलन गरिरहेको छ।
आज कूल ६८६ वटा संरचना हटाउने लक्ष्य सरकारको छ। जसअनुसार बल्खु क्षेत्रका ४८६ टहरा र वंशीघाट क्षेत्रका २०० वटा संरचनाहरूमा डोजर प्रयोग गरी खाली गरिएको छ।
हेर्नुहोस् थप तस्बिर

























Shares

प्रतिक्रिया