फोटोफिचर


जेनजी आन्दोलनमा ध्वस्त देउवा निवास भत्काइयो (तस्बिर/भिडिओ)


सरोज नेपाल
चैत १०, २०८२ मंगलबार २१:४२, काठमाडौँ

काठमाडौँको बूढानीलकण्ठमा रहेको पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास भत्काइएको छ। 

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा देउवा निवासका संरचना आगो लगाएर ध्वस्त पारिएको थियो। 

त्यसक्रममा देउवा दम्पतीमाथि निर्घात कुटपिट भएको थियो।

आगजनीमा परेको उक्त घरका कतिपय संरचनाहरू भत्काइएको छ भने केही संरचना मर्मत गर्ने तयारी छ।

बूढानीलकण्ठको निवासमा आगजनी भएपछि देउवाको परिवार महाराजगन्जमा घर भाडामा लिएर बस्दै आएका छन्।

हाल देउवा दम्पती उपचारको सिलसिलामा हङकङमा छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad