फोटोफिचर


एसीसी प्रिमियर कप : कीर्तिपुरमा भिड्दै नेपाल र मलेसिया (तस्बिरहरु)


सरोज नेपाल
बैशाख ५, २०८० मंगलबार १२:३१, काठमाडौँ

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारको उद्घाटन खेलमा नेपाल मलेसियासँग खेलिरहेको छ। 

सुरुमा चल्न नसकेको नेपालको बलिङ ३० ओभरपछि चलेको छ। त्यहीकारण  मलेसियाले लगातार विकेट गुमाएको छ। 

नेपालका लागि सोमपाल कामीले पाँचौँ, छैटौँ र सातौँ विकेट लिएका छन्। त्रिवि क्रिकेट मैदानमा नेपाली बलरहरुले मलेसियालाई दबाबमा राखेका हुन्।

सोपालले मलेसियाका फित्री साम र खिजार हायातलाई लगातार आउट गरे। खिजार हायात २५ बलमा २२ रन बनाउँदा आउट भए। त्यस्तै फित्री शून्यमै आउट भए।

सोमपालले त्यसअघि सैयद अजिजलाई १४ बलमा १३ रन बनाएको अवस्थामा क्याच आउट गराएका हुन्। 

नेपालका लागि सोमपाल कामीले ३, ललित राजवंशीले २ गुलशन झा, सन्दीप लामिछाने र सोमपाल कामीले एक-एक विकेट लिन सफल भएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .