फोटोफिचर


नाडा अटो शोमा देखाउन मात्रै राखिएका यी चार विद्युतीय गाडी (तस्बिरहरू)


सरोज नेपाल
भदौ २७, २०८० बुधबार १५:४९, काठमाडौँ

नाडा अटो शोमा ४ वटा विद्युतीय मोडल अवलोकनकर्तालाई देखाउन मात्रै राखिएको छ।

मंगलबारदेखि सुरु अटाे शाेमा ग्रहाकलाई आकर्षित गर्न नेटा र बीवाईडीले प्रदर्शनका लागि मात्रै चीनबाट नयाँ माेडलका गाडी भित्र्याएका हुन्। 

अटो व्यवसायीले प्रदर्शनीका लागि मात्रै गाडी ल्याउन पाउने कानुनी व्यवस्था छ। विगतका अटो शोमा पनि केही मोडल प्रदर्शनीका लागि भित्रिने गरेका थिए। 

नेपालमा चौधरी ग्रुप अन्तगर्तको सिजी मोटर्स आधिकारिक विक्रेता रहेको नेटाले ३ वटा मोडल प्रदर्शनीका लागि ल्याएको छ।

कम्पनीले नेपालमा नेटा भीमात्रै बिक्री वितरण गर्दै आएको छ। एसयुभी सेगमेन्टको नेटा यु नेपालमा छिट्टै ल्याउने चौधरी ग्रुपले जनाएको छ।

यसले एक पटकको फुल चार्जमा ६१० किलोमिटरसम्म रेञ्ज दिन्छ। 

नेटाले लङ रेञ्ज भर्जनको नेटा एस अटो शोका लगि भित्राएको छ। सेडान सेगमेन्टको गाडी चीनमा १ वर्षअघि लञ्च गरिएको थियो।

नेटा एस ७१५ लिसज राडर भर्जन, ६५० फोर ह्वील भर्जन र ५२० स्ट्यान्डर्ड भर्जनका गाडी उत्पादन गर्दै आएको छ। स्पोर्टस् कार सेगमेन्टमा नेटा एस उपलब्ध छ।  

सामाजिक सञ्चालनमा टेस्ला गाडीसँग तुलना गरिएको नेटा जीटी प्रदर्शनीमा राखिएको छ।

दुईवटा ढोका भएको कारमा ४ सिट छन्। विद्युतीय सुपर कारका रुपमा प्रस्तुत गरिएको १.३ वर्गमिटरको पानारोमिक सनरुफ रहेको छ।

गाडीमा १७.६ इन्च सेन्ट्रल कन्ट्रोल स्क्रिन छ। एक पटकको चार्जमा ५८० किलोमिटरसम्म कुद्छ। १७० किलोवाट र ३४० किलोवाट मोटर भएको गाडी हो यो। 

त्यस्तै चिनियाँ ब्रान्ड बीवाईडी सिल पर्दशनीका लागि राखिएको छ। सिल एक पटकको चार्जमा ७०० किलाेमिटरसम्म कुद्छ। 

यसलाई टेस्ला मोडल ३ र बीएमडब्लु आईफोरको प्रतिस्पर्धीका रुपमा हेरिएको छ। अटो सिलमा ८२ किलोवाट आवर क्षमता रहेको छ। १५० किलोवाट डिसी फास्ट चार्जिङबाट आधा घण्टामा ८० प्रतिशतसम्म चार्ज हुन्छ।

साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बीवाडी सिल छिट्टै नेपाली बजारमा सार्वजनिक गरिने बताइन्।  

उनले हाल बिक्री नगरिए पनि बीवाईडीका उत्पादनबारे थाहा दिन अटाे शाे मा राखिएकाे बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .