फोटोफिचर


विद्यार्थीको नारा : भ्रष्टाचार गन्हायो, मेलम्चीलाई छाडिदेऊ (तस्बिरहरू)


सरोज बैजु
पुस ४, २०८० बुधबार १२:४५, काठमाडौँ

बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको पानी ल्यान ढिला भएको भन्दै सत्तारुढ नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघ सडकमा उत्रिएको छ।

बुधबार बिहान नेविसंघ काठमाडौं जिल्ला कार्य समितिले नयाँबानेश्वरमा प्रदर्शन गरेको हो। 

उक्त  प्रदर्शनका क्रममा विद्यार्थीहरूले मेलम्चीको पानीमा भ्रष्टाचार गरेर सन्त नेता कृष्णप्रसाद भट्टराईको अपमान गरेको आरोप पनि लगाए।

रित्ता बाल्टीसमेत बोकेर सडकमा उत्रिएका उनीहरूले मेलम्चीको पानीमा अझै कहिलेसम्म ढिलासुस्ती भन्दै नाराबाजी पनि गरे।

प्रदर्शनमा विद्यार्थी र स्थानीयबासी वृद्धवृद्धासमेत उत्रिएका थिए। संसद् भवन पछाडिको सडकमा उत्रिएका उनीहरूले मेलम्ची खानेपानीमा भएको ढिलासुस्ती र लापराबहीको पनि विरोध गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .