भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार सरकारी गाडी जलाइएपछि ललितपुरको ग्वार्को र बालकुमारी क्षेत्र तनावग्रस्त भएको छ।
बालकुमारी, ग्वार्को चोक र आकाशे पुलक्षेत्रमा आन्दोलित युवाहरूले पार्टी बैठकमा सहभागी हुन गइरहेका ज्वाला सवार बा२झ ५८६१ नम्बरको सरकारी गाडी जलाएका हुन्।
गाडी जलाइएपछि अहिले ग्वार्को र बालकुमारी क्षेत्र तनावग्रस्त भएको छ। ग्वार्कोको आकाशे पुल र बालुकमारीको मनोहरा पुलदेखि नै ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ।
प्रहरीले अवस्था नियन्त्रणमा लिए अश्रुग्यास र लाठी प्रयोग गरिरहेको छ। ईपीएस परीक्षामा फेल भएकाहरूले तत्काल परीक्षा दिन पाउनुपर्ने माग गर्दै आएका छन्।
117
Shares
प्रतिक्रिया