काठमाडौं-तराई द्रुतमार्गका ३ वटा सुरूङ आगामी दसैँसम्म ‘ब्रेक थ्रु’ हुने भएका छन्। कुल ६ मध्ये ठेक्का लागेका ३ सुरूङ निर्माणको काम ६७.५ प्रतिशत सम्पन्न भएकाे हाे।
निर्माणाधीन ३ सुरूङमार्गकाे कुल लम्बाइ ६.४१ किलाेमिटर छ। जसमा ४.३२ किलाेमिटर खनिसकिएकाे छ।
सबैभन्दा लामाे महादेवटार सुरूङमार्गकाे ३.३५ किलोमिटरमध्ये करिब २ किमि सुरूङ खनिएकाे द्रुतमार्ग निर्माण गरिरहेको नेपाली सेनाले जनाएको छ।
तीनमध्ये धेद्रे सुरूङमार्गकाे १.६३ किमिमध्ये १.१७ किमि सकिएकाे छ। त्यस्तै लेनडाँडाकाे १.४३ किमिमध्ये १.२ किमि सुरूङ खन्ने काम सकिएकाे छ। प्याकेज २ अन्तर्गतका यी दुई सुरूङ वैशाखसम्म ब्रेक थ्रु गर्ने याेजना रहेकाे सेनाले जनाएको छ।
नेपाली सेनाका अनुसार ३ वटा सुरूङकाे निर्माण सुरू हुनसकेकाे छैन। पाटन उच्च अदालतले अन्तरिम आदेश दिएका कारण राेकिएका ३ प्याकेज अघि बढ्न नसकेका हुन्।
महादेवटार सुरूङमार्ग र धेद्रे खाेलाकाे सुरूङ जाेड्न अग्ला पुल निर्माण हुँदै छन्। धेद्रे खाेला ४०४ र ४३० मिटरका पुल छन्। एउटा पुल एकतर्फी गाडी कुदाउन मिल्ने गरी डिजाइन गरिएकाे छ। यी पुल पायल राखेर ६८ मिटर अग्लाे रहेकाे छ।
प्याकेज २ मा ५ वटा पुल छन्। २ सुरूङसँगै पुल निर्माण सकिने सेनाको भनाइ छ। पहाड काटिएकाे ठाउँमा बायाे इन्जिनियरिङ गरी प्लान्टेसन गर्ने याेजना छ।
२०८३ सम्म सक्नुपर्ने आयाेजनाकाे कुल भाैतिक प्रगति भने ३१ प्रतिशत मात्रै छ। १३ निर्माण प्याकेजमध्ये ८ वटा प्याकेज खरिद प्रकिया सम्पन्न भई काम भइरहेकाे छ भने ललितपुरकाे खाेकनामा जग्गा अधिग्रहण विवाद अझै समाधान हुनसकेकाे छैन।
करिब ७१ किलाेमिटर द्रुतमार्गको लागत २ खर्ब ११ अर्ब अनुमान गरिएकाे छ।
तस्बिरमा हेर्नुहोस् द्रुतमार्गका निर्माणाधीन सुरुङ
Shares
प्रतिक्रिया