काभा यू–२० भलिबल च्याम्पियनसिपको तयारीमा रहेको टोलीले सिनियर महिला टोलीसँग अभ्यास खेल खेलेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबार भएको अभ्यास खेलमा सिनियर टोलीले ५–० को जित दर्ता गर्यो।
सिनियर टोलीले युवा टोलीलाई २५–१४, २५–२२, २५–१७ ,२५–२२, २५–१० को जित निकाल्यो।
सिनियर महिला टोली घरेलु कोर्टमा हुने रसियन टोलीसँगको दुई मैत्रीपूर्ण खेलको तयारीमा छ। सिनियर टोलीले साउन ६ र ७ गते रसियन टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ।
सिनियर टोलीका लागि भने १७ सदस्यीय टोली प्रशिक्षणमा छ। काभाका लागि १२ सदस्यीय अन्तिम टोली निमार्ण भइसकेको छ।
काभा च्याम्पियनसिप साउन ३ देखि ८ गतेसम्म हुनेछ।












219
Shares

प्रतिक्रिया