फोटोफिचर


‘पूर्णबहादुरको सारंगी’ ले मनायो सफलताको उत्सव (तस्बिरहरू)


सरोज बैजु
माघ १३, २०८१ आइतबार २०:३२, काठमाडौँ

विजय बराल अभिनीत फिल्म ‘पूर्णबहादुरको सारंगी’ ले सफलताको उत्सव मनाएको छ।

नेपालका हालसम्मका धेरै कीर्तिमान तोडेर ऐतिहासिक सफलता पाएको यो चलचित्रको निर्माता कम्पनी सेभेन सिजले आइतबार काठमाडौँमा एक कार्यक्रम गरी ‘सक्सेस पार्टी’ मनाएको हो।

सोही अवसरमा यसको अर्को सिक्वेल‘पूर्णबहादुरको सारंगी–२’ ल्याउने घोषणासमेत निर्माण पक्षले गरेको छ।

कार्यक्रममा सेभेन सिजले आफ्नो नयाँ लोगो पनि सार्वजनिक गरेको छ। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले लोगोसहित फिल्मको अनावरण गरेका हुन्।

विजय बराल, अञ्जना बराइली लगायतका कलकार पनि कार्यक्रम उपस्थित छन्।

गत कात्तिक १५ गतेबाट प्रदर्शन थालिएको यस फिल्मले नेपालभरि ५० करोड र विदेशमा २५ करोडभन्दा माथि व्यापार गरेको भनिएको थियो।

यसबीचमा नेपाली चलचित्र उद्योगमा उसले विभिन्न कीर्तिमान राख्न सफल भएको छ।

सरोज पौडेलको कथा र निर्देशन रहेको फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन्। फिल्मको पटकथा र संवाद महेश दवाडीले लेखेका हुन्। सेभेन सिजको प्रस्तुति रहेको यो फिल्म १ करोड ३० लाखमा बनेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad