फोटोफिचर


हिमानी र हृदयेन्द्रले गरे वीरेन्द्र परिवारको सम्झनामा दीप प्रज्ज्वलन (तस्बिरहरू)


सरोज नेपाल
जेठ १९, २०८२ सोमबार २०:१३, काठमाडौँ

२०५८ को नारायणहिटी दरबार हत्याकाण्डमा ज्यान गुमाएका राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायत तत्कालीन राजपरिवारको सम्झनामा पूर्वयुवराज्ञी हिमानी शाह र उनका छोरा हृदयेन्द्रले दीप प्रज्ज्वलन गरेका छन्।

हिमानी ट्रस्टको आयोजनामा हिमानी र हृदयेन्द्रले कमलादीस्थित गणेस्थानमा दीप प्रज्ज्वलन गरेका हुन्। 

२०५८ जेठ १९ गते राति नारायणहिटी दरबार हत्याकाण्डमा ज्यान गुमाएका तत्कालीन राजपरिवारप्रति श्रद्धाञ्जलीसँगै दीप प्रज्ज्वलन कार्यक्रम गरिएको ट्रस्टले जनाएको छ।

कार्यक्रममा राप्रपासहित विभिन्न राजावादी संगठनका नेता तथा कार्यकर्ता पनि कमलादी पुगेका थिए। 

यसअघि नारायणहिटी संग्रहालय परिसरमा गर्ने भनिएको दीप प्रज्ज्वलन कार्यक्रम गणेशस्थान सारिएको हो। काठमाडौँ प्रशासनले नारायणहिटी आसपासलाई निषेधित क्षेत्र घोषणा गरेको छ।   

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad