फोटोफिचर


अस्पतालहरूमा आज आकस्मिकबाहेकका सेवा बन्द, बिरामी मर्कामा (तस्बिरहरू)


विशाल कार्की
असार २३, २०८२ सोमबार ११:३, काठमाडौँ

नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द भएको छ। 

उपचारमा लापरबही गर्ने चिकित्सक र अस्पतालहरूलाई उपभोक्ता अदालतले क्षतिपूर्ति तिराउन थालेपछि रुष्ट भएका चिकित्सकले आन्दोलन गरेका हुन्।

चिकित्सक आन्दोलनको कारण काठमाडौँका ठूला सरकारी अस्पतालहरुमा पनि आज आकस्मिक बाहेकका सेवा ठप्प छ। ललितपुरको पाटन अस्पताल, काठमाडौँको वीर, टिचिङसहितका अस्पतालमा पनि आज आकस्मिकबाहेकका बिरामीले उपचार सेवा पाएका छैनन्। 

चिकित्सकले उपचार सेवा बहिष्कार गर्दा बिरामी मर्कामा परेका छन्। 

नेपाल चिकित्सक संघको आह्वानमा भएको यो आन्दोलनमा चिकित्सकका अन्य नौवटा स्वास्थ्य संस्थाले पनि एक्यवद्धता जनाएका छन्। 

हेर्नुहोस् पाटन अस्पतालका केही तस्बिर 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad