उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएसँगै लेगस्पिनर सन्दीप लामिछाने आईसीसी टी–२० विश्वकपको तयारीमा जुटेका छन्।
गत बुधबार (जेठ २) सन्दीपलाई अदालतले सफाइ दिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले पनि घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट गतिविधिबाट उनको निलम्बन फुकुवा गरेको थियो।
निलम्बन फुकुवासँगै सन्दीप कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान पुगेर नेटमा अभ्यास गरिरहेका छन्।
आईसीसी टी–२० विश्वकपका लागि सन्दीपलाई शनिबार नै अमेरिका पठाउने तयारी भए पनि टिकट लगायतका समस्याका कारण उनलाई बुधबार बिहीबारसम्ममा पठाउने तयारीमा क्यान लागिरहेको छ।
सन्दीपलाई टोलीमा सामेल गरेको अवस्थामा कुन खेलाडीलाई बाहिर राख्ने भन्ने जिम्मा भने क्यानले मुख्य प्रशिक्षक र कप्तानलाई दिएको छ।
तस्बिरमा सन्दीपको विश्वकप तयारी :
Shares
प्रतिक्रिया