फोटो


शिक्षामन्त्रीविरुद्ध त्रिविमा प्रदर्शन, केही विद्यार्थी पक्राउ (तस्बिरहरू)

शिक्षामन्त्रीविरुद्ध त्रिविमा प्रदर्शन, केही विद्यार्थी पक्राउ (तस्बिरहरू)

तस्बिर:अनुप प्रधान/एनएएन


नेपालखबर
साउन ७, २०८३ बिहिबार १२:१७, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवसका अवसरमा आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलविरुद्ध विद्यार्थीले विरोध प्रदर्शन गरेका छन्। 

बिहीबार विश्वविद्यालयका सहकुलपति एवं विश्वविद्यालय सभाका उपाध्यक्षसमेत रहेका मन्त्री पोखरेल कार्यक्रममा सहभागी हुन पुग्दा विद्यार्थीले नाराबाजीसहित विरोध प्रदर्शन गरेका हुन्। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु( खारेज गरेको भन्दै असन्तुष्ट विद्यार्थीले मन्त्री पोखरेलविरुद्ध प्रदर्शन गरेका हुन्। 

प्रदर्शनका क्रममा उनीहरूले ‘मेरिटोक्रेसी लागू गर’ र ‘नेपोबेबी शिक्षामन्त्री’ जस्ता नारा अंकित प्लेकार्डहरू प्रदर्शन गरेका थिए। विश्वविद्यालय परिसरमा असहज परिस्थिति सिर्जना भएपछि सुरक्षामा खटिएको प्रहरी टोलीले प्रदर्शनरत केही विद्यार्थीलाई नियन्त्रणमा लिएको छ। 


प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad