त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वार आसपासको क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।
पूर्वराजा ज्ञानेन्द्र शाह जापाबाट काठमाडौँ फर्किन लागेका छन्। उनको स्वागतमा राजतन्त्र समर्थकले प्रदर्शन गर्ने भएपछि विमानस्थल क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो।
जिल्ला प्रशासन कार्यालय, काठमाडौँले विमानस्थल आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञा लगाएको भए पनि राजतन्त्र समर्थक विमानस्थल प्रवेशद्वार क्षेत्रमा भेला हुन थालेका छन्।











72
Shares

प्रतिक्रिया