नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा अनेरास्ववियुले प्रदर्शन गरेको छ।
शनिबार अनेरास्ववियुले काठमाडौँको प्रदर्शनीमार्गमा प्रदर्शन गरेको हो। आरआर क्याम्पसबाट सुरु भएको अनेरास्ववियुको प्रदर्शनका क्रममा टायर बालेर सरकार विरुद्ध नाराबाजी गरिएको छ।
उनीहरूले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकको तत्काल रिहाइको माग गरेका छन्। शनिबार बिहान प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको थियो।
जेनजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनका आधारमा प्रहरीले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गरेको हो।















69
Shares

प्रतिक्रिया