राजनीति


धनराजले देउवालाई भने : 'आई लभ यु' भन्नेहरुले ओलीलाई बार्दलीमा पुर्‍याएको हेक्का राख्नुस्

धनराजले देउवालाई भने : 'आई लभ यु' भन्नेहरुले ओलीलाई बार्दलीमा पुर्‍याएको हेक्का राख्नुस्

नेपालखबर
साउन २९, २०७८ शुक्रबार १४:५, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवाको ‘अघोषित’ सचिवालयले ‘भाइबर ग्रुप’मा सार्वजनीक गरिरहेका भिडिओप्रति आपत्ति जनाएका छन्। 

पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा निवास बूढानीलकण्ठमा जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले ‘अघोषित’ सचिवालयले ‘भाइबर ग्रुप’मा सार्वजनीक गरिरहेका भिडिओप्रति आपत्ति जनाएका हुन्। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘आई लभ यु’ भन्नेहरुले सिंहदरबारबाट बालकोटको बार्दलीमा पुर्‍याएको टिप्पणी गर्दै गुरुङले प्रधानमन्त्रीलाई मलाई शेरबहादुर मनपर्छ’ भन्नेहरूबाट सजग हुन सचेत गराए।

‘आई लभ यु भन्नेहरुले केपी ओलीलाई सिंहदरबारबाट बालकोटको बार्दलीमा पुर्‍याए। सभापतिज्यू तपाईं प्रधानमन्त्री बनेपछि कांग्रेसमा पनि मलाई शेरबहादुर मनपर्छ भन्ने प्रवृत्ति सुरु भएछ,’ बैठकमा उनले भने, 'भिडिओ देख्दा झसङ्ग भएँ। यस्तो प्रवृत्तिबाट सजग हुनुहोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad