राजनीति


वामदेवले भने : केपी ओलीसँग काम गर्न सकिँदैन, माधव नेपाललाई साथ दिन्छु

वामदेवले भने : केपी ओलीसँग काम गर्न सकिँदैन, माधव नेपाललाई साथ दिन्छु

नेपालखबर
भदौ ३, २०७८ बिहिबार १५:४९, काठमाडौँ

विभाजनतर्फ अघि बढिरहेको नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले समाजवादी दर्ता गराउन लागेका माधव नेपाललाई साथ दिने बताएका छन्। 

पार्टी एकता अभियानको भर्चुअल बैठकलाई बिहीबार सम्बोधनका क्रममा उपाध्यक्ष गौतमले अब आफूले नेपाल नेतृत्वको एमाले समाजवादीलाई साथ दिने बताएका हुन्।

तत्कालीन नेकपा फुट्दादेखि नै आफूले चलाउँदै आएको पार्टी एकता अभियान बैठकलाई सम्बोधनका क्रममा गौतमले आफू नेपालतिर लाग्ने कार्यकर्तालाई बताएका हुन्।

'अब पार्टी एकता अभियानलाई तीव्र बनाउने योजनामा छु', उनले भने, 'यससँगै अब एमाले समाजवादी पार्टीलाई सहयोग गरेर अगाडि बढ्छु।'

गौतमले अब ओलीको पक्षमा लागेर एमाले पार्टीका लागि केही गर्न नसकिने पनि जिकिर गरेका छन्।

'अब ओलीको पक्षमा लागेर, उनीसँग हिँडेर केही गर्न सकिँदैन, कहीँ पुग्न सकिँदैन', उनले भने, 'अब हामीसँग विद्रोह नै विकल्प हो। नयाँ पार्टीलाई अहिलेको एमालेभन्दा शक्तिशाली बनाउने अभियानमा लाग्छौँ। त्यसपछि पार्टी एकतामा जोड दिन्छौँ।'

गौतमले अझै पनि पार्टी एकताको सम्भावना रहेको बताउँदै त्यो जिम्मेवारी आफूलाई दिन नेता नेपाललाई पनि आग्रह गर्ने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad