राजनीति


क्रियाशील सदस्यता नामावली सार्वजनिक गर्न पौडेलपक्षीय सभापतिहरूको माग

क्रियाशील सदस्यता नामावली सार्वजनिक गर्न पौडेलपक्षीय सभापतिहरूको माग

नेपालखबर
भदौ ३, २०७८ बिहिबार १६:२८, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले अविलम्ब क्रियाशील सदस्यता नामावली सार्वजनिक गर्न माग गरेका छन्।

उनीहरुले बिहीबार प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाउँदै अविलम्ब क्रियाशील सदस्यता नामावली सार्वजनिक गर्न माग गरेका हुन्। 

पौडेल पक्षीय सभापतिहरूले पार्टी केन्द्रीय कार्यालयलाई इमेलमार्फत पठाएको ध्यानाकर्षण पत्रमा निर्धारित मापदण्डबमोजिम समस्याहरूको निराकरण गर्न तथा स्वच्छ, निष्पक्ष महाधिवेशन सुनिश्चित गर्न पनि आग्रह गरिएको छ। 

केन्द्रीय कार्यसमितिले भदौ १८ बाट वडा अधिवेशन आरम्भ गर्ने कार्यतालिका सार्वजनिक गरे पनि आजसम्म कुन–कुन जिल्लाका कुन–कुन समस्या के–कसरी समाधान भए र क्रियाशील सदस्यताको अद्यावधिक अवस्था के छ भन्नेबारे अझै सार्वजनिक नगरिएको प्रति उनीहरुले आपत्ति जनाएका छन्।  ण्

‘जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिको विधानसम्मत अधिकार खोसेर केन्द्रीय छानविन समितिले उजुरी वा गुनासो सोझै केन्द्रमा पठाउन निर्देशन भएबमोजिम संकलित उजुरी÷गुनासोहरुको के–कति सम्बोधन भयो, भएन वा हुँदै छ भन्ने कुराको कुनै जानकारी नगरिएका कारण क्रियाशील सदस्यताको विषयलाई लिएर सवै तहका साथीहरु यतिखेर अन्योलग्रस्त, त्रसित, आतंकित र भयाक्रान्त छन्। यस्तो मनोदशामा पार्टी सदस्यहरुलाई राख्नु भनेको पार्टी जीवनकै लागि स्वस्थकर होइन’, ध्यानाकर्षण पत्रमा भनिएको छ। 

पारदर्शी सदस्यता प्रणाली लोकतन्त्रको आत्मा भएको भन्दै सभापतिहरुले महाधिवेशनको वातावरण क्रियाशील सदस्यताको सार्वजनिकीकरण र शुद्धीकरणले मात्र सुनिश्चित गर्नेमा जोड दिएका छन्।

पौडेलपक्षीय सभापतिहरूले शतप्रतिशतभन्दा बढी इन्ट्री भएका, पार्टीको तहगत सिफारिस नभएर सोझै माथिबाट थपिएका तथा अन्य पार्टीबाट समायोजनका नाममा बिना आधार जथाभावी ‘इन्ट्री’ गरिएका नामहरु अविलम्व हटाउन र तहगत सिफारिस भएर पनि ‘इन्ट्री’ नभएका नामहरु तत्काल समावेश गर्न माग गरेका छन्। 

उनीहरुले विधि, पद्धति र मापदण्डअनुसार समाधान खोज्ने विषयमा आफूहरु सधैं सहयोग गर्न तत्पर भएको जिकिर गर्दै विनम्रतापूर्वक आग्रह गर्दागर्दै पनि पार्टीको वैधानिकता र क्रियाशील सदस्यताको पारदर्शितासम्बन्धी आफूहरुका सामूहिक चासो र चिन्ताको गम्भीरतापूर्वक समाधान नभए कठोर कदम चाल्नसमेत बाध्य हुने चेतावनी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .