राजनीति


जिल्ला सभापतिहरुलाई साथ दिन गगन, अर्जुननरसिंह र शेखरसहितका नेता सानेपा पुगे

जिल्ला सभापतिहरुलाई साथ दिन गगन, अर्जुननरसिंह र शेखरसहितका नेता सानेपा पुगे

केशव सावद
भदौ ८, २०७८ मंगलबार १३:१, काठमाडौँ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय जिल्ला सभापतिले केन्द्रीय कार्यालय सानेपामा थालेको धर्नामा समर्थन जनाउँदै इतर समूहका नेताहरु पुग्न थालेका छन्। 

वरिष्ठ नेता पौडेल समूहका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यहरुको विवरण सार्वजनिक गर्न माग गर्दै सानेपामा धर्ना दिएपछि कांग्रेस नेताहरु कमला पन्त, गगनकुमार थापा, अर्जुननरसिंह केसी र डा. शेखर कोइरालासहित पुगेर समर्थन जनाएका हुन्। 

धर्नास्थलमा जिल्ला सभापतिहरूलाई साथ दिन केन्द्रीय सदस्य रामकृष्ण यादव पनि पुगेका छन्। त्यस्तै धर्नामा सुदूरपश्चिम प्रदेश सभा सदस्य भरत खड्का पनि ऐक्यबद्धता जनाउन आएका छन्।

क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न र क्रियाशील सदस्यता सच्याउने समय दुई दिन थप्न माग गर्दै जिल्ला सभापतिहरू धर्नामा बसेका हुन्। 

उनीहरुले क्रियाशील सदस्यको सूची पार्टीको वेबसाइटमा राख्न शनिबार नै दुई दिनको समय दिएर सभापति शेरबहादुर देउवालाई इमेलमार्फत ज्ञापन पत्र बुझाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .