नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टी नेपालका अध्यक्ष माधवकुमार नेपाल नर्कको बाटो हिँडेको बताएका छन्।
युवा संघ नेपालको शनिबार ललितपुरस्थित लुभुमा भएको भेलालाई सम्बोधनका क्रममा पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो बताएका हुन्।
'मैले दुनियाँमा यस्तो नेता देखेको छैन, जसले म फलाना हो, म कार्यकर्ता होइन, म नेता हो भनिरह्यो', उनले भने, 'सुन्दा सुन्दा कान टट्टाएर थाकेको थिएँ। अहंकार पालेर बसेका थिए अब चोइटिएर गए। हाम्रो पार्टीका नेता कार्यकर्ताले म म भन्दैन।'
ओलीले नेता नेपालको अहंकारले उनी नै खरानी भएर गएको बताए। 'यसले मान्छेलाई खरानी पारेर, टुक्र्याएर लग्यो', उनले भने, 'म भन्ने अहंकारको भावना छाडौं। माधव नेपाल जाने बाटो नर्कको हो। माधव नेपालले हिँडेको बाटोमा कोही पनि नजानु, त्यतातिर नलाग्नु।'
ओलीले परमादेशबाट सरकार बनाउँदैमा क्रान्ति गरेको भ्रममा सत्तारुढ गठबन्धनका नेताहरु परेको पनि बताएका छन्।
Shares

प्रतिक्रिया