ad ad

राजनीति


१९ महिनापछि विराटनगर आएका गच्छदारको भव्य स्वागत

१९ महिनापछि विराटनगर आएका गच्छदारको भव्य स्वागत

कृष्ण बहाब
असोज ७, २०७८ बिहिबार १९:२७, काठमाडौँ

ललिता निवास जग्गा प्रकरणमा मुछिएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई विराटनगर विमानस्थलमा भव्य स्वागत गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदार विरुद्ध मुद्दा दर्ता गरेपछि औपचारिक रुपमा गच्छदार विराटनगर आएका थिएनन्। 

करिब १९ महिनापछि बिहीबार दिउँसो विराटनगर विमानस्थलमा ओर्लेका गच्छदारलाई नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरुले भव्य स्वागत गरेका छन् ।

गच्छदारलाई स्वागत गर्न विमानस्थलमा स्वागत गर्न कांग्रेसका प्रभावशालीहरुको भिड लागेको थियो। प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेतृ डिला संग्रौला, प्रदेश १ संसदीय दलका नेता तथा कांग्रेस सुनसरी सभापति राजिव कोइराला, मोरङ सभापति डिगबहादुर लिम्वु लगायतका नेता विमानस्थलमा पुगेका थिए। 

विराटनगर विमानस्थलमा ओर्लेलगत्तै सञ्चारकर्मीहरुसँग भेटघाटमा उपसभापति गच्छदारले आफूले कहिले पनि अनियमितता र भ्रष्टाचार नगरेको बताए। उनले प्रतिशोधका आधारमा राजनीतिक जीवन नष्ट गर्न खोजिएको दावी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .