राजनीति


प्रदेश २ लोसपा संसदीय दलको पहिलो बैठक आइतबार, को बन्ला दलको नेता?

प्रदेश २ लोसपा संसदीय दलको पहिलो बैठक आइतबार, को बन्ला दलको नेता?

शैलेन्द्र महतो
असोज ८, २०७८ शुक्रबार १६:५१, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा)बाट विभाजन भएर गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रदेश २ मा दलको नेता चयन गर्ने तयारी गरेको छ।

दलको नेता चयन गर्न आगामी आइतबार जनकपुरमा लोसपा संसदीय दलको पहिलो बैठक बस्ने तय भएको छ। दिउँसो २ बजे लोसपा संसदीय दलको बैठक बस्ने तय भएको सो दलका सांसद प्रमेश्वर साहले नेपालखबरलाई जानकारी दिए। 

बैठकमा लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको समेत उपस्थिति रहने सांसद जितेन्द्र सोनलले बताए। सर्वसम्मतिबाट दलको नेता चयन गर्ने लोसपाको तयारी छ। 

प्रदेश २ मा लोसपाका १६ प्रदेश सांसद छन्। तेश्रो दलको हैसियतमा रहेको लोसपा यो प्रदेशको प्रमुख प्रतिपक्षी दल हो। 

दलको बैठक बस्ने भएपछि सांसदहरुले दलको नेता बन्न कसरत थालेका छन्। अहिलेसम्म दल नेताको आकंक्षीहरुमा राजपा नेपालका समेत दलका नेता रहिसकेका पूर्वभौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल, संघीय सरकारका पूर्वमन्त्री सुरिता साह र प्रदेश सांसद उपेन्द्र महतो लगायतका आकांक्षीहरु देखिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .