ad ad

राजनीति


कांग्रेस अधिवेशन : भरतपुर महानगर सभापतिमा पाँचजना भिड्दै

दुई उपसभापतिमा नौ जनाबीच प्रतिस्पर्धा
कांग्रेस अधिवेशन : भरतपुर महानगर सभापतिमा पाँचजना भिड्दै

भरतपुर महानगरमा कांग्रेस सभापतिका प्रतिस्पर्धीहरु


केशव सावद
असोज ९, २०७८ शनिबार १६:२८, काठमाडौँ

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत चितवनका सात स्थानीय तहमा अधिवेशन प्रक्रिया सुरु भएको छ। 

यी पालिकामध्ये धेरैको ध्यान अहिले भरतपुर महानगरपालिकाले तानेको छ। जहाँ भावी सभापतिका लागि ५ जना कांग्रेस नेता मैदानमा उत्रिएका छन्। 

मतदान अधिकृत श्रीराम दवाडीले महानगर सभापतिका लागि भरत अधिकारी, अर्जुनप्रसाद रिजाल, चित्रसेन अधिकारी, हिरामणि अधिकारी र वचन कार्की प्रतिस्पर्धामा रहेको जानकारी दिए। 

उम्मेदवारी दिएकामध्ये भरत महानगरका सभापति हुन्। अर्जुन १२ नम्बर वडाका निवर्तमान सभापति हुन्। 

यस्तै चित्रसेन २१ नम्बर वडाका वडाध्यक्ष हुन्। हिरामणि स्थानीय निकाय परिचालन समितिका सदस्य हुन्। त्यस्तै वचन वीरेन्द्र बहुमुखी क्याम्पसको नेविसंघ अध्यक्ष रहिसकेका युवा नेता हुन्।    

उपसभापतिमा ९ जना
उनका अनुसार उपसभापति पदमा ३ महिलासहित ९ जनाको उम्मेदवारी दर्ता भएको छ। जसमध्ये सबैभन्दा बढी मत ल्याउने दुई जना निर्वाचित हुने छन्। 

भरतपुर महानगरको उपसभापतिका लागि किशोर गुरुङ, कृष्णप्रसाद रेग्मी, केदारनाथ बराल, गीताकुमारी शर्मा, देवीप्रसाद लुइटेलले उम्मेदवारी दिएका छन्। 

यस्तै, विजय घले, बुद्धिकान्त न्यौपाने, शारदाकुमारी खरेल र सुरक्षा रेग्मीले पनि उपसभापतिका लागि उम्मेदवारी दिएका छन्। 

महानगरको सचिवका लागि ७ र सहसचिवका लागि ८ जनाको उम्मेदवारी परेको छ। कांग्रेसको नयाँ विधानअनुसार सचिव र सहसचिवमा पनि २–२ उम्मेदवार निर्वाचित हुने छन्। उम्मेदवारी दिनेमा सचिवका लागि २ र सहसचिवका लागि २ महिला नेतृ पनि छन्। 

निर्वाचन समितिका अनुसार इश्वर घिमिरे, कृष्ण बगाले, तेजेन्द्र पौडेल, नेत्रनारायण शर्मा आचार्यको महानगर सचिवका लागि उम्मेदवारी दर्ता भएको छ। 

त्यस्तै प्रनिशा गुरुङ, मनोज श्रेष्ठ र विद्या कोइरालाले पनि सचिवका लागि उम्मेदवारी दिएका छन्। 

सहसचिवमा अमृत मिश्र, उपेन्द्र पण्डित, कल्पना पौडेल खड्का, गोपालप्रसाद कँडेल, भुवन सापकोटा, विजयराज रेग्मी, शान्ति पाख्रेल र सन्तोष अधिकारीको उम्मेदवारी दर्ता भएको मतदान अधिकृत दवाडीले जानकारी दिए।  

भरतपुर महानगरमा कांग्रेसका एक हजार चार सय ७० जनाले अधिवेशनमा मतदान गर्न पाउने छन्। निर्वाचन समितिले भरतपुर महानगरमा आइतबारमात्रै मतदान हुने निर्वाचन समितिले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .