राजनीति


कास्कीका चार पालिकामा कांग्रेसको नयाँ नेतृत्व, मादीमा एक मतले हारजित

पोखरा महानगरमा मतगणना गरिँदै
कास्कीका चार पालिकामा कांग्रेसको नयाँ नेतृत्व, मादीमा एक मतले हारजित

पोखरा महानगरको मतगणना गरिँदै । तस्बिर : नेपालखबर

कास्कीका ४ वटा गाउँपालिकामा कांग्रेसले नयाँ नेतृत्व पाएको छ। शनिबार भएको अधिवेशनबाट ती चार पालिकामा नेतृत्वको छिनोफानो भएको हो।

मादी गाउँपालिकामा प्रतिस्पर्धी देवीजंग गुरुङलाई यमबहादुर गुरुङले एक मतले हराएर सभापति बनेका छन्।

यमबहादुरले ९३ र देवीजंगले ९२ मत प्राप्त गरे। उपसभापतिमा कृष्णचन्द्र बराल र लीलामोहन कुईंकेल, सचिवमा भोजबहादुर गुरुङ र देवीजंग गुरुङ, सहसचिवमा तेजेन्द्र रानाभाट र बोधनाथ ढकाल निर्वाचित भएका छन्। 

माछापुच्छ्रे गाउँ कार्यसमिति सभापतिमा वीरेन्द्र गुरुङ निर्वाचित भएका छन्। उपसभापतिमा रामबहादुर गुरुङ र मीनबहादुर गुरुङ, सचिवमा केशवराज अधिकारी र सञ्जय लम्साल, सहसचिवमा महादेव गुरुङ र बालकृष्ण गौतम निर्वाचित भएका छन्।

रुपा गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ। त्यहाँ सभापतिमा बिमलबाबु न्यौपाने, उपसभापतिमा बुद्धिबहादुर खड्का र गेसबहादुर गुरुङ, सचिवमा शंकरलाल श्रेष्ठ र विकल ओझा, सहसचिवमा निर्मल केसी र विकास ओझा चुनिएको निर्वाचन अधिकृत दिनेश लामिछानेले बताए। 

अन्नपूर्ण गाउँपालिका कार्यसमिति सभापतिमा मनोपति भण्डारी निर्वाचित भएका छन्। उपसभापतिमा सुशील भट्टचन र गौमाया नेपाली, सचिवमा कृष्णप्रसाद अधिकारी र विजय गुरुङ, सहसचिवमा ध्रुव घले सर्वसम्मत बने। 

महानगरमा गनिँदै

पोखरा महानगरपालिकामा भने शनिबार साँझ बल्ल मतगणना सुरु भएको छ। अहिले त्यहाँ मतगणना भइरहेको छ।

६ जना प्रतिस्पर्धी रहेको पोखरा महासागरको प्रारम्भिक मतगणनाको परिणाम अनुसार पत्रकारसमेत रहेका  गंगाधर पराजुली र वर्तमान नगर समिति उपसभापति सुरेन्द्रमान विजुक्छेबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ। 

१४४ मत गणना हुँदा गंगाधरले ३८ र सुरेन्द्रमानले ४६ मत पाएका छन्। यस्तै रामराज लामिछानेले २१, मिलन तिवारीले १३, ज्योति हमालले २ र मोहनप्रसाद बास्तोलाले १३ मत प्राप्त गरेका छन्। 

पोखरा महानगरमा क्षेत्रीय प्रतिनिधि र वडा अध्यक्ष गरी १ हजार ३७० मतदाता थिए। जसमा १ हजार ३४४ मत खसेको निर्वाचन अधिकृत आरसी विमलले बताए।

असोज ९, २०७८, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .