ad ad

राजनीति


मुख्यमन्त्रीको कार्यालयमा छापा मारेको विरोधमा प्रदेश २ का जिल्लामा जसपाको राँके जुलुस

मुख्यमन्त्रीको कार्यालयमा छापा मारेको विरोधमा प्रदेश २ का जिल्लामा जसपाको राँके जुलुस

शैलेन्द्र महतो
असोज १६, २०७८ शनिबार २०:८, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) ले शनिबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरुद्ध राँके जुलुस प्रदर्शन गरेको छ।

प्रदेश २ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अख्तियारकाे टोलीले छापा मारेको विरोधमा जसपाका नेता–कार्यकर्ताले  प्रदेश २ का जिल्लाहरूमा राँके जुलुस निकालेका हुन्। 

प्रदेश २ का ८ वटै जिल्लाका सदरमुकामहरू जनकपुरधाम, वीरगन्ज, राजविराज, सिरहा, कलैया, गौरलगायतमा राँके जुलुस निकालिएको हो। 

प्रदर्शनकारीहरूले प्रदेश सरकारलाई बदनाम गर्न पाइँदैन, पूर्वाग्रही भएर छापा मार्न पाइँदैनलगायतका नारा लगाएका थिए।

 

गत बुधबार दिउँसो प्रदेश २ को मुख्यमन्त्री कर्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयको टोलीले छापा मारी ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत गरिएको साइकल खरिदका कागजात जफल गरेको थियो।

बेनामे कम्पनीका गुणस्तरहीन साइकल खरिद गरी व्यापक अनियमितता गरिएको जनगुनसो आएपछि अख्तियारले छापा मारेको हो। 

त्यसैको विरोधमा जसपा प्रदेश २ कमिटीले आन्दोलन घोषणा गरेको हो। 

आन्दोलनअन्तर्गत भोलि आइतबार प्रदेश २ का जिल्लामा अख्तियारविरुद्ध जुलुस प्रदर्शन गरिने जसपाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .